हलिउड नायकसँग डेटिङ गर्दै रोबोट ‘सोफिया’


काठमाडौं । हलिउड नायक विल स्मिथ संसारकै पहिलो मानव रोबट सोफियासँग डेटमा गएका छन् । नायक स्मिथले सोफियासँग डेट गएको भिडियो सार्वजनिक गरेसँगै उनी चर्चामा आएका छन् ।
४९ वर्षका नायक स्मिथ र सोफियाको डेटको फोटोहरु पनि सार्वजनिक भएको छ, एक फोटोमा स्मिथले सोफियालाई चुम्बन गर्न लागेको देखिएको छ ।


६२ प्रकारले अनुहारको भाव देखाउने सोफियालाई स्मिथले डेटमा लगेका हुन् । स्मिथले सोफियालाई चुम्बन गर्ने प्रयास गर्दा अनुहारमा भावसहित सोफियाले के तिमी मेरो साथी बन्न सक्छौ भन्ने प्रश्न गरेर आँखा झिम्क्याएकी छिन् ।

सोफियालाई अमेरिकी वैज्ञानिक डेविट हेंसनले बनाएका हुन् । सोफिया अनुहारको भाव दिन्छिन् र कुराकानी गर्न सक्छिन् । सोफियालाई साउदी अरबले आफ्नो देशको नागरिक बनाएको छ ।


उनी केही समय अघि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिसरडेभलपमेन्ट’ कन्फेरेन्समा वक्ताका रुपमा सहभागी हुन नेपाल आएकी थिइन् ।

प्रतिक्रिया

धेरै पढिएको