नेप्सेमा एकैदिन नौ कम्पनीको शेयर सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एकैदिन नौ कम्पनीको शेयर सूचीकृत भएको छ । यी कम्पनीको ३ करोड २१ लाख ९८ हजार ९६७ कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो । आज प्राइम कमर्सियल बैंकको १ करोड ७० लाख ७८ हजार ६६६.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यस्तै सनराईज बैंकको १ करोड ६ लाख ३३ हजार ७६८.५ कित्ता, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १० लाख कित्ता, प्रुडेन्सियल इन्स्योरेन्सको १२ लाख ८३ हजार ४० कित्ता, अपि पावर कम्पनीको ८ लाख ४० हजार कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै नागबेली लघुवित्त वित्तीय संस्थाको २ लाख ४० हजार कित्ता, सिभिल लघुवित्त वित्तीय संस्थाको ४७ हजार २५० कित्ता, तिनाउ विकास बैंकको ४ लाख ६० हजार ८४९.९२ कित्ता र जानकी फाइनान्सको ६ लाख १५ हजार ३४६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

 

प्रतिक्रिया

धेरै पढिएको