नेपाल आदिवासी जनजाति महासंघद्धारा, सरकारी विदा कटाएकोमा विरोध

बुटवल । सरकारले विदा कटौती गरेको विरोधमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीले आन्दोलनका गर्ने बताए । महासंघले हिजो बुटवलमा गरेको बृहत जनताति भेलाले आन्दोलन अगाडि सारेको छ । केन्द्रीय समितिको निर्देशन अनुसार रुपन्देहीमा आन्दोलन अगाडि बढाइएको अध्यक्ष दलबहादुर छन्त्यालले जानकारी दिए । चैत्र ३० गते प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाउंने, बैशाख २ गते रुपन्देहीका १६ वटैं स्थानीय निकायका प्रमुखलाई ज्ञापन पत्र बुझाउंने कार्यक्रम रहेको अध्यक्ष छन्त्यालले बताए । बैशाख ७ गते बुटवलामा मुख्य मन्त्रीको कार्यालय अगाडि धर्ना र कोण सभा,१२ गते अन्तरक्रिया,१७ गते बुद्ध जयन्ती उभौली पर्व धुमधामका साथ मनाउंने र २२ गते बुटवलको ट्राफिकचोकमा र्यालीसहित विरोध सभा गर्ने सचिव भिमबहादुर भुजेलले जानकारी दिए ।

प्रतिक्रिया

लोकप्रिय