राम्रो प्रतिफल दिने शेयर चाहिए यी ६ कुरा ख्याल गर्नुस्

बम्पर रिटर्नको लागि शेयर बजारमा धेरै विकल्पहरु छन् । तर यो ख्याल गर्नुस कि यहाँ पैसा पनि डुब्छ । यसकारण विभिन्न तरिकाले यसको आफैंले मूल्यांकन जरुरी छ । ताकी तपाईले लगाएको पैसा बम्पर रिटर्न मिलोस् ।

कम्पनीको विगत, भविष्य र वर्तमानको आँकलन गर्नुस्
तपाई जुन कम्पनीको शेयर किन्न चहानुहुन्छ । त्यसले विगतमा गरेको कामका रेकर्ड हुन्छन् । ति रेकडलाई समेत हेर्न सक्नुहुन्छ । त्यस्तै उसको वर्तमान पोलिसी र प्रोजेक्टलाई समेत हेरेर भविष्यमा कस्तो योजना ल्याउँदै छ भन्ने कुराको पनि ख्याल राख्न जरुरी छ । कुनै पनि कम्पनीको शेयर किन्दा होस या रोज्दा कम्पनीको करेन्ट आउटलुकलाई हेरेर लिएको हुन्छ । कम समयमा बम्पर रिटर्न दिने शेयर भरोसा गर्न लायक हुँदैन । त्यसैले कुनै पनि कदम उठाउनु भन्दा अगाडी पुरा रिसर्च गर्नुस् । कम्पनीको बिजनेश मोडल राम्रो छ र कम्पनी मुनाफामा चलिरहेको छ भने लगानी लागि उपयुक्त नै हुन्छ ।

मुनाफालाई ख्याल गर्नुस्
कुनै पनि कम्पनीको शेयर किन्नुभन्दा अगाडी उसको बटमलाइन, टपलाइन र कर्जाको बारेमा जानकारी जुटाउन जरुरी हुन्छ । यसका लागि तपाईले त्यस कम्पनीको पुराना रिपोटको अध्ययन जरुरी छ । साथै लामो समय त्यसको बजार कस्तो रहयो भन्ने कुराको समेत ख्याल गर्न जरुरी छ ।

व्यवस्थापक कस्तो छ ?
जुन कम्पनीको शेयर खरिद गर्न चाहनुहुन्छ । तपाईले त्यो कम्पनीको म्यानेजमेन्टको बारेमा समेत जानकार रहन जरुरी रहन्छ । व्यवस्थापन कस्तो छ भन्ने पता लगाउन समस्या भए तपाईले त्यो कम्पनीमा लगानी लगाउनुस् जुन कम्पनीको व्यवस्थापन बारे राम्रोसँग जान्नुभएको छ । खासगरी कुनै शेयर महंगो भए त्यसको व्यवस्थापनको बारेमा पुर्ण जानकारी नभई पैसा नलगाउनुस् ।

अनुमानमा नजानुस्
कुनै पनि अफवाह र अनुमानको खबरमा शेयर नकिन्नुस् । कुनै धुवादार खबर आएको छ र त्यो शेयरको बारेमा तपाई त्यति जानकार नभएको खण्डमा शेयर नकिन्दा नै राम्रो हुन्छ । भोली गएर तपाईलाई त्यसले राम्रो प्रदर्शन गर्दा फाइदा लिन नपाउनु होला । तर त्यसमा तपाइ खुसी हुनुपर्छ । किनकी नजानेर हालेको शेयरबाट भोली गडबड भएको खण्डमा तपाईको पैसा त डुब्नबाट जोगियो ।

डेटरइक्विटी रेसियो
यसबाट नै थहा पाउन सकिन्छ कि कम्पनीमा कति शेयर होल्डर छन् र उनीहरुसँग कति कर्जा छ । सामान्यतया कम्पनीले दोस्रोसँग प्रतिस्पर्धा गर्न कर्जाभन्दा बढी शेयर पुँजीबाट रकम जुटाएर काम गरेको छ भने त्यस कम्पनीमा लगानी गर्न राम्रो मानिन्छ ।

भ्यालुएसन
तपाइले खरिद गर्न चाहेको शेयर महंगो त छैन ? यसलाइ पता लगाउन अन्य कम्पनीको शेयरको मुल्य र भ्यालुएसनको तुलना गर्नुस् । यसको लागि प्रि रेसियो (प्राइस र आनर्गस)को प्रयोग राम्रो हुन्छ । यस्तै तपाई कुनै बैंकको शेयर किन्दै हुनुहुन्छ भने प्रिबी (प्राइस टु बुक) रेसियोबाट यसबारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

धेरै पढिएको