ठगीका बादशाह मिस्टर नटवरलाल, जसले गरे ५४५ सांसदसहित संसद भवन नै विक्री


काठमाडौं । अधिकांश मानिसले धरै पैसा तथा नाम कमाउने सपना देख्ने गरेका हुन्छन् । तर, मानिसले आफ्नो सपना साकार गर्नको लागि केही पनि गर्दैन । जो मानिस आफ्नो सपना साकार गर्नको लागि मनैदेखि केही गर्छ, त्यो व्यक्ति कि बलिउड बादशाह अमिताभ बच्चन बन्छ कि कुख्यात ठग नटवरलाल बन्न पुग्छ । भारतमा नटवरलालको कथा यति प्रख्यात छ कि कुनै पनि जालसाजी ठगी घटनामा नटवरलालको नाम लिने गरिन्छ । भारतीय इतिहासमा जति वित्तीय घोटाला तथा जालसाजीको घटना भए पनि सबैभन्दा पहिले नटवरलालको नाम अगाडि आउने गर्दछ ।
हजारौं मानिसबाट करोडौं रुपैयाँ ठग्न सफल भएको नटवरलाललाई जलसाजीको बादशाहको उपनाम दिएको छ । भारतका विभिन्न पुलिस चौकीमा उनको नाममा हजारौं फाइल दर्ता रहेको छ । चलाखीका साथ ठगी गर्न माहिर यी व्यक्ति अहिले संसारमो छैनन् तर उनको जीवनमा आधारित धेरै किताब तथा फिल्म बनेका छन् । उनको जीवनमा आधारित फिल्ममध्ये अमिताभ बच्चनको प्रमुख भूमिका रहेको फिल्म मिस्टर नटवर तथा इमरान हास्मीको राजा नटवरलाल प्रमुख हो । नटवरलालको नामबाट परिचित उनको वास्तविक नाम मिथिलेस कुमार श्रीवास्ताव हो । उनको जन्म सन् १९१२ मा भारतको बिहार प्रान्तको राजधानी पटनाबाट २ सय किलोमिटर टाढा सिवान जिल्लाको बंगरा गाउँमा भएको थियो ।


उनको पिता रेलवे स्सटेसनका मास्टर थिए । बंगरा गाउँबाट २ किलोमिटर टाढा जिÞराड़े भन्ने गाउँ छ । सो गाउँमा भारतीय पहिलो राष्ट्रपति राजेन्द्रप्रसादको जन्म भएको थियो । यी दुवै गाउँ राजेन्द्रप्रसाद तथा नटवरलालको कारण निकै चर्चा रहेको छ । अहिले पनि बंगरा गाउँ स्थानीय बासिन्दाहरु नटवरलाल आफ्नो गाउँमा जन्मिएको निकै गर्व गर्ने गरेका छन् । अहिले पनि त्यहाँ नटवरको घरका केही अंश देख्न सकिन्छ । ब्रिटिस सरकारले भत्काई दिएको घरलाई नटवरलालको परिवारको सम्पत्ति मानिन्छ । उनका साथीहरुका अनुसार सानैदेखि उनको चासो पढाई लेखाइमा कहिले पनि भएन । उनको मुख्यरुची फुुटबल र चेस खेल्नेमा रहेको थियो ।
उनले ९ कक्षासम्मको पढाई बंगरा गाउँमा पूरा गरेका थिए भने त्यस अगाडिको पढाइको लागि परिवारले पटना पठाए, त्यसबेला उनी १५ वर्षका थिए । उनको ठगी तथा जालसाजीको कथा पटना शहरबाट नै शुरु भएको मानिन्छ । उनले आफ्नो ठगीको पहिलो शिकार एक छिमेकी बनेका थिए । एकपटक छिमेकीले उनलाई बैंकमा ड्राफ्ट जम्मा गर्न पठाएको थिए । उनले आफ्नो चोर बुद्धि चलाएर नक्कली हस्ताक्षर गरेर छुटै कापीमा लेखेर राखे । त्यसपछि विस्तारै उनको खाताबाट रकम निकाल्न शुरु गरे । जब उनलाई आफ्नो खाताबाट रकम हराएको चाल पाउने त्यो काम नटवरले गरेको खुलासा हुनुभन्दा अगाडि भागेर कलकत्ता पुगे ।
कलकत्तास्थित आफन्तको घरमा गएर बसेका उनलाई त्यहीको बलरामदेव हाईस्कुलमा भर्ना गरियो । उनले त्यहीँबाट आफ्नो बीकमसम्मको अध्ययन पूरा गरे भने बाँकी एलएलबीको डिग्री अर्को ठाउँमा शुरु गरे । त्यसपछि उनले स्टक ब्रोकर तथा गार्मेन्ट व्यापार गर्ने कोशिश गरेता पनि सफलता पाउन भने सकेनन् । एलएलबीको पढाईको क्रममा उनको चोर दिमागले आफ्नो लागि नक्कली सर्टि्फिकेट बनाए । त्यहीँ सर्टि्फिकेटको सहायताले एक स्कुलको प्रन्सिपल बन्न सफल भयो । उनलाई स्कुलको प्रिन्सिपल बन्नुको मूल कारण स्कुलमा पढ्ने धनी विद्यार्थीको बारेमा जानकारी पाउनु रहेको थियो ।
आफ्नो स्कुलमा पढ्ने दुई विद्यार्थीको परिवारसंँग स्कुलको भौतिक संरचना रामो बनाउने चाहना रहेको भन्दै साढे चार लाख रुपैयाँ ठगी गरेका थिए । त्यस्तै समय विभिन्न क्षेत्रमा आफ्नो सञ्जाल फैलाएका नटवर जेल जाने अनि एलएलबीको प्रयोग गरेर सजिलै निस्किने गर्दथ्यो । उनलाई विभिन्न विदेशी भाषाको ज्ञान हुनु साथै अंगेजी भाषामा पनि राम्रो दखल रहेको थियो । नसटरलाललाई चाल्स शोभराज भन्दा ठूलो जालसाजी मानिन्छ तर शोभराजले जस्तो कहिले पनि कुनै प्रकारको हतियारको प्रयोग भने गरेनन् ।
उनले ठगीलाई एक कलाको रुप लिए । उनले सधैं नाटकीय ढंगले ठग्ने गर्दथ्यो, नाटकीय पक्राउ पर्दथ्यो र नाटकीयरूपमा जेलबाट फरार हुन्थ्यो । उनको मनपर्ने तीन शिकारमध्ये पहिलो रेलवे, दोस्रो सुनचाँदी व्यवसासी तथा तेस्रो घडीको व्यापारी हुन्थे । उनको दाबीअनुसार कहिले पनि कुनै प्रकारको हतियार प्रयोग गरेनन् र कसैसँग जबजस्ती लुट्ने काम पनि गरेनन् । उनले जालसाजीको यस्तो चक्रब्यु रचना गर्दथेकी मानिस आफै सबै कुरा दिने गर्दथे । उनीहरुलाई आफू ठगिएकोे थाहा नै हँुदैन थियो । कानुनको नजÞरबाट नसवरलालको कार्यलाई दोष्ी मानिएता पनि नटवरले समाजसेवा गरेने मान्थ्यिो ।


उनलाई आफ्नो ठगीप्रति यति विश्वास थियो कि उनलाई भारत सरकारले सहयोग गरेमा विदेशी कर्जाको भार हटाउन सामर्थ रहेको दाबी गर्दर्थे । उनको अर्को खास कुरा सजिलै रुप परिवर्तन गर्न सकिथ्यो । कसैको पनि शंकाको दयारा नआउन भनेर रुप पनि बदल्ने गदथे । आफ्नो ठगी जीवनको यात्रामा ५० भन्दा बढी रुपसंँगै नामसमेत परिवर्तन गरे । मिथिलेश कुमार अग्रवाल, सुरेन्द्र कुमार, सीताराम, अम्बिका पाण्डे, शंकरलाल, बीएन मयुर सबै नटवरलालका नाम थिए । उनले ठग्नु अघि पूर्वयोजना बमोजिम काम गर्दथे । जस्तो हुलिया, महँगोमा घरमा भाडा लिनेसम्म लिने गर्दथे ।
उनको ठगी कार्यमा सबैभन्दा चर्चित काण्ड तीनपटक ताजमहललाई बेच्ने सौदा गरेका थिए । उनले ताजमहल बिक्री गर्नको लागि सरकारी अधिकृतको भेषभूषमा वरपर घुमे गर्दथे । उनको नजर सम्पन्न प्रायः विदेशी पर्यटकसंँग कुराकानी गर्दै भारत सरकार ताजमहल बिक्री गर्न खोजेको कुरा सुनाउँथे । उनले तीन विदेशी पर्यटकलाई त्यही तरिकाले ठूलो रकम लिएर तीनपटक बेन्च भ्याए । त्यही तरिकाले दुई पटक भारतको रेड फोर्ड विदेशीलाई बेचे । उनको यतिसम्म आत्मविश्वास बढेको थियो कि सोझा विदेशीलाई राष्ट्रपति भवन तथा संसद भवन पनि बेच्ने भए । संसद भवनलाई त ५४५ सदस्यसहित बिक्री गरेका थिए ।
राष्ट्रपति भवन तथा पर्लेमेन्स हाउस बिक्री गर्नको लागि उनले रास्ट्रपति राजेन्द्रप्रसादको हस्ताक्षरसमेत चोर्न भ्याएका थिए । मे १९८६ तिर उनको अर्को शिकार दिल्लीको प्रख्यात राजा ज्वेलर भएको थियो । उक्त सुन पसल ठग्नको लागि विश्वनाथ सिंहको पिए बनेर छोराको लागि सुन किन्न आएको बताएका थिए । उनले सबैभन्दा महँगो गहना प्याक गर्न लागेर ड्राफ्टबाट भुक्तानी गर्ने सहमित गरे । उनले गहना अहिले लाने र भुक्तानीको लागि दुई मानिसलाई पठाई दिन आग्रह गरे । उनले सुन पसलको दुई मानिससहित नोर्थ ब्लक पुगेर सिंहको घरमा समेत प्रवेश गरे । त्यसको केही समयपश्चात बाहिर आएर एक ड्राफ्ट थमाए । सुन पसलले उक्त ड्राफ्ट बैंकमा गएर साट्न खोज्दा मात्रै आफू ठगिएको पत्तो पाए । यहि तरिकाले भारतको विभिन्न शहरमा सुन व्यापारीलाई लुट्न सफल भएका थिए । साथै यस्तै रणनीतिले घडी व्यापारीलाई लुट्न सफल थिए । (एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया

धेरै पढिएको