भारत भ्रमणपछि प्रधानमन्त्री ओली डाक्टर बन्दै !


काठमाडौं । दोस्रो पटक प्रधानमन्त्री बनेसँगै धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक शिक्षाका विषयमा कुरा उठाएका थिए । खासगरी, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो विषयलाई अलि बढि नै उठाए । तर, प्रधानमन्त्री ओलीको नाम अगाडी ‘डाक्टर’ थपिने भएको छ ।
उनले आफैले औपचारिक अध्यनन गरेर पीएचडी हासिल नगरेपनि भारतको एउटा विश्वविद्यालयले मानार्थ उपाधी दिन लागेको हो । एमाले अध्यक्षसमेत रहेका ओली अब डाक्टर केपी शर्मा ओली बन्ने भएका छन् । प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवम् प्रौद्योगिक विश्वविद्यालयले मानार्थ पीएचडीको उपाधि पाउनेछन् ।
भ्रमणका क्रममा २५ गते आइतबार विश्वविद्यालयमा हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई मानार्थ उपाधि दिइने विश्वविद्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीले भ्रमणको अन्तिम दिन अर्थात २५ गते उक्त विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको