एकल महिलाको साहस : सामुहिक आयआर्जनको बाटोमा सफतला


बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१५ डिर्भना सल्लीकोटका एकल महिलाहरु करिव ३ बर्ष पहिला गाउघरकै चुलोचौकामा सिमित थिए । श्रीमानको देहान्त भएको पिडा थियो भने गाउँमा आयआर्जनको बाटोहरु नहुँदा झनै पिडामा थिए । गाउँका ४५ जना नै एकल महिलाहरुमा यस्तो प्रकृतिको समस्या थियो ।
तर अहिले उनीहरुको जीवन परिर्वतन भएको छ । ३ बर्ष पहिला गाउँमा भएका एकल महिलाहरु समुहमा आवद्ध भएर आयआर्जनको बाटोहरु पहिल्याउन सफल भए । महिलाहरुको भेलामा ४० जनाको समुह बनाए । जुन समुहको नाम राखे ‘सल्लीकोट कृषक समुह’ । गाउँमा सिंचाईको प्रर्याप्त सम्भावना नहुँदा नहुँदै पनि उनीहरुले उपआयोजानको रुपमा सल्लीकोट विउ उत्पादनको कार्य अगाडी बढाए । जसको लागि किसानको लागि उन्नत विउविजन कार्यक्रम (केयुबिके)ले सहयोग ग¥यो ।
कार्यक्रमको सहयोगबाट उनीहरुलाई थप हौसला प्राप्त भयो । समुहकी अध्यक्ष खगीसरा बस्याल भन्छिन्, ‘एकल महिला भएको कारण समाजमा हेर्ने दृष्टिकोण फरक थियो, तर हामी हिम्मत हारेनौं र काम अगाडी बढायौं ।’ केयुबिकेको सहयोगमा गाउँको २० रोपनी क्षेत्रफलमा समुहमध्ये करिव २० जना महिलाहरुले गुहुँको विऊ उत्पादनमा लागे । यसको अलवा मकैैको विउ पनि उत्पादन गर्दै आए । गाउमा मकैको गहुँको उन्नत विउ उत्पादन गरेपछि त्यसको बजारीकरणको लागि समेत केयुबिकेले सहयोग ग¥यो ।
समुहकी अध्यक्ष बस्यालका अनुसार पहिलो बर्षमा करिव १४ क्वीन्टलसम्म विउ उत्पादन भएको थियो, जुन गहुँको मात्रै हो । गाउँमा उन्नत विउ उत्पादन गरेपछि लुम्बिनी सिड कम्पनीले उक्त विउ खरिद गरिदियो । समुहमा मासिक १ सय रुपैयाँ बचत गर्ने महिला समुहले त्यही बचतको रकम ऋण परिचालन गरी अन्य जिविकोपार्जनको काम समेत गरेका छन् । गतबर्ष करिव २ क्वीन्टल गहुँ र १४ क्वीन्टल मकैको विउ उत्पादन गरी विक्री वितरणबाट राम्रो आम्दानी गरेका थिए ।
किसानका लागि उन्नत विउविजन कार्यक्रमले गहुँ र मकैको विउमा अनुदान दिएको थियो भने आकासेपानीको भरमा खेतीपाती गर्दैै आएका किसानहरुलाई आकासे पानी संकलनको लागि ट्यांकी पनि निर्माण गरिदिएको छ । करिव ७ लाख लरुपैयाँको लागतमा गाउँमा १० घनमिटरका ४ वटा आकासेपानी संकलन गर्ने ट्यांकी निर्माण भएको छ । जसबाट किसान महिलाहरुले घरायसी काम लागायत तरकारी खेतीमा उक्त पानी प्रयोग गर्दै आएका छन् ।
गाउँमा कृषक पाठशाला विभिन्न प्रविधि सम्बन्धी तालिम सञ्चालन गर्दै आएका उनीहरुको समुहको यो बर्ष अन्तिम कार्यक्रम हो । आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका उनीहरुले कार्यक्रमले थप अनुदान तथा सहयोगको समेत अपेक्षा गरेका छन् । समुहकी अध्यक्ष बस्याल भन्छिन्, ‘सबै एकल महिलाहरुको समुह हो यो, हामी संघर्षरत रहेका छौं, सहयोगको पनि अपेक्षा गरेका छौं, अन्य निकायबाट पनि सहयोग भएमा अझै काम गर्न सक्छौं । ’
गहुँको विउ गाउँबाट नै करिव ४५ रुपैयाँ देखि ८० रुपैयाँ सम्म प्रतिकीलो र मकैको विउ ५३ रुपैयाँ देखि १२० रुपैयाँ प्रतिकिलोसम्ममा विक्री गर्दै आएका छन् । विउ तथा अन्य तरकारी विक्री गरी प्रतिमहिलाले बार्षिक २६ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । समुहमा बचत गरेको रकम ऋण परिचालन गरी राम्रो आम्दानी समेत गर्दै आएका छन् ।
बोडीको समेत विउ उत्पादन गर्दै आएका उनीहरुले निकट भविश्यमा अन्य निकायको सहयोग मिलेमा अझै विउको कार्यक्रम विस्तार गर्ने योजना बनाएका छन् । जसका लागि विभिन्न निकायको सहयोगको अपेक्षा गरेका छन् । सबै एकल महिलाहरु आवद्ध भएको उक्त कृषक समुह नेपालमै पहिलो र एकमात्रै महिला समुह रहेको दावी अध्यक्ष बस्यालको रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको