देशभरका तीनसय ज्योतिष बुटवलमा

बुटवल । नेपाल ज्योतिष परिषदको आयोजामा बुटवलमा पहिलो पटक हुन लगोको ज्वोतिष सम्मेलनको तयारी पुरा भएको छ । यहि चैत २३ र २४ गते बुटवलमा हुने सम्मेलनमा देशभरबाट करिव ३ सय ज्योतिष अगुवाहरु बुटवलमा आएका छन् । लुम्बिनी घोषणापत्र समेत सार्वजनिक गर्ने कार्यक्रमसहित ज्योतिष अगुवाहरु बुटवलमा जम्मा भएका हुन् ।
बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाल ज्योतिष परिषदेले सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको हो । ज्योतिष शास्त्रका विज्ञ प्राध्यापक कृष्ण अधिकारीले सरकारले वैदिक सनातन र हिन्दु धर्मका अनुयायीहरुको आस्थामा चोट पर्ने गरी घटस्थापना, रामनवमी, श्रीकृष्ण जन्माष्टमी लगायतका पर्वमा विदा कटौती गरेर गल्ती गरेको बताएका थिए । पत्रकार सम्मेलनमा उनले सरकारलाई विदा कटौतिको निर्णय सच्चाउन ज्ञापनपत्र दिइसकेको जानकारी दिए ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले पत्रकार सम्मेलनमा बोल्दै बुटवलमा राष्ट्रिय ज्योतिष सम्मेलनबाट यस विषयमा अझ ठोस कार्यक्रम अगाडी बढाउने समेत जानकारी दिए । सम्मेलनमा ज्योतिष शास्त्र विहीत मुहुर्तको महत्व र मृत्यु संस्कारमा विकृति विषयक कार्यपत्र, गोचरफल र यसको उपादेयता,वास्तु र ज्योतिष सम्बन्धमा क्रमशः प्रा.डा.रामचन्द्र गौतम, प्रा.कृष्ण अधिकारी, वास्तुविद् डा. माधवलाल जोशी, र डा. अर्जुन भट्टराईले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा देशका ६१ जिल्लाका ज्योतिष अगुवाहरु सहभागी रहने नेपाल ज्योतिष परिषद ५ नंं प्रदेश संयोजक जनार्दन न्यौपानेले बताए ।

प्रतिक्रिया

धेरै पढिएको