ग्लोबल आईएमई र नेपाल मेडिसिटीबीच सम्झौता

काठमाडौँ — ग्लोबल आईएमई बैंक र नेपाल मेडिसिटी अस्पतालबीच अस्पताले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौता भएको छ ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतापछि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आईएमई बैंकबाट क्रेडिट र डेबिट कार्ड लिएका बैंकका ग्राहक, कर्मचारी तथा त्यसका परिवारले हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्म छुट पाउने जनाएको छ ।

औषधि, उपभोग्य वस्तु, प्रत्यारोपण सामग्री एवं चिकित्सक परामर्श शुल्कमा भने छुट नपाइने बैंकको विज्ञप्तिमा छ ।

प्रतिक्रिया

धेरै पढिएको