अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौंमा

काठमाडौं । १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार घरेलु उद्योग महोत्सव’ आगामी वैशाख १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । देशभरका लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न यो आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा स्वदेशी मौलिकता रहेका विभिन्न वस्तु तथा सेवाको प्रदर्शन गरिने महोत्सवमा गरिने जानकारी गराइएको छ । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले प्रदर्शनीमा सार्क मुलुकका भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका तथा चीनका उद्यमीको समेत सहभागिता रहने जानकारी दिए ।
प्रदर्शनीमा देशभरका स्वदेशी औद्योगिक वस्तुको बजार प्रवद्र्धन गरी उद्यमी–उद्यमीका बीच व्यावसायिक सम्बन्ध विस्तार गराउने, उद्यमीबीच अनुभव आदानप्रदान गराउने, औद्योगिक विकासका लागि नयाँ प्रविधि, कृषि औजार तथा प्रविधि एवं नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगका लागि प्रचारप्रसार गरिने छ ।

प्रतिक्रिया

लोकप्रिय