जनलहर बढ्दै, जीतको नजिक ईस्तियाक (फोटोफिचर)

बाँके । संघीय समाजवादी फोरम बाँके क्षेत्र नं. २ का उम्मेद्वार ईस्तियाक राईको पक्षमा जनलहर बढ्दै गएपछि उनी जीतको नजिक पुगेका छन् । आफ्ना प्रतिश्पर्धीहरु कोही नभएको दावी गर्ने राईले भने, ‘मेरो प्रतिश्पर्धी अब कोही रहेन, म जितको नजिक छु ।’
उम्मेद्वार राईले आफूले जितिसकेको दावी गर्दै अब विकासका काममा आफु लागिपर्ने बताए । ‘मैले जितिसके, घोषणा हुन मात्र बाँकी छ,’ विकासका लागि मेरो उम्मेद्वारी हो ।’
सबै समुदायको प्रतिनिधित्व गर्ने भएकाले आफूलाई पार्टीले उम्मेद्वार बनाएकोले यसप्रति आफू संवेदनशिल रहेको उनले बताए । उनले भने ‘सामाजिक सद्भाव, समृद्धि र विकास मेरो मेरो लक्ष्य हो,’ उम्मेद्वार राईले भने, ‘म साझा व्यक्ति भएकै कारण चुनाव जित्दै छु ।’