तलब भत्ता नलिने लोकतान्त्रिक उम्मेदवार शाहको घोषणा

बाँके । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार लक्ष्मीनारायण शाहले आफु निर्वाचित भए त्यसबाट पाउने सरकारी तलव भत्ता नलिने घोषणा गरेका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै शाहले उक्त तलव भत्ता आप्mनो निर्वाचन क्षेत्रको विकास निर्माणमा खर्चिने घोषणा गरेका हुन् । उनले भने, ‘म पैंसा कमाउनका लागि उम्मेदवार बनेको होइन, आप्mनो क्षेत्रको विकास र सम्बृद्धिका लागि उम्मेदवार बनेको हुँ ।’
उक्त निर्वाचन क्षेत्रबाट २०६४ सालमा माओवादी केन्द्रका पूर्णाकुमारी सुवेदी र २०७० सालमा एमालेका दलबहादुर सुनार विजयी भएका थिए । सुवेदीले उपसभामुखको जिम्मेवारी समेत निभाइन् भने सुनारले राज्यमन्त्रीको जिम्मेवारी निभाएका थिए । ‘सुवेदी र सुनारलाई त्यसक्षेत्रका नागरिकहरुले जिताएर पठाए पनि उनीहरुले विकासको रेखासमेत कोर्न सकेको देखिएन,’ घरदैलोमा व्यस्त शाहले भने, ‘धुलाम्य सडक, अधुरा पुलपुलेसा देख्दै मन खिन्न हुन्छ ।’ उनले यिनै समस्या समाधानको लागि आप्mना चुनावी एजेण्डा अघि सारेको बताए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले आज साविकको गनापुर गाविसमा घरदैलो गरिरहेको प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताए । प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले बैजानाथ गाउँपालिका वडा नम्बर १ चिसापानीमा घरदैलो गरिरहेको प्रचारप्रसार संयोजक प्रकाश शाहीले जानकारी दिए । अन्य उम्मेदवारहरुजस्तै आफूलहरुले पनि घरदैलोलाई नै बढी प्राथमिकता दिएको कुर्मीले बताए ।