म जे बोल्छु, त्यहि गर्छु : उम्मेद्वार कँडेल (फोटोफिचर)

बाँके । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका सहप्रवक्ता एवं बाँके क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तेजनारायण कँडेल मंगलबार नेपालगन्जका विभिन्न स्थानमा घरदैलो र भेटघाट गरेका छन् । उनले कारकाँदो, पुष्पलाल चौक आसपास क्षेत्रमा घरदैलो गरेका हुन् । घरदैलोको क्रममा ठुला राजनीतिक दलहरुले लामो समय नेतृत्व गर्दा पनि विकासका पक्षमा काम नगरेका कारण आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेको बताए । उनले भने, ‘मैले जे बोल्छु त्यहि गर्छु, आम मतदाताका भावनाअनुसार चल्ने म बाहेक बाँकेमा अरु कुनै उम्मेद्वार नभएकोले जनताले मलाई मतदान गर्नुहुनेछ ।’ उनले अरु दलका उम्मेद्वारहरुले गफ मात्र गर्ने भएकाले उनीहरुको भ्रममा नपरेर आफूलाई चारकुना भित्रको हलोमा मतदान गरी अत्याधिक मतले जिताउनुको विकल्प नभएको बताए ।