चुनावी अभियानलाई आक्रामक लोकतान्त्रिक गठबन्धन


बाँके । लोकतान्त्रिक गठबन्धनको आफ्नो चुनावी अभियानलाई थप आक्रामक बनाउँदै लगेको छ । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा उम्मेदवार बादशाह कुर्मी, प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारु र ३ ख का उम्मेदवार लक्ष्मी नारायण शाहले आज पनि विहानैदेखि घरदैलो कार्यक्रमलाई निरन्तरता दिनुभएको छ ।
प्रदेश सभा ख का निर्वाचन परिचालन समितिका संयोजक रमेश सिजालीका अनुसार आज जानकी गाउँपालिकाको बेलभार र बैजनाथ गाउँपालिकाको बनकटुवा र टिटिहिरियामा घरदैलो अभियान गरिएको छ । प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा क का उम्मेदवार चन्तराम थारुले संयुक्तरुपमा विहान टिटिटिहिरियामा घरदैलो गरेका छन् । त्यसक्रममा स्थानीयबासीहरुले स्थानीय विकास निर्माणको माग गरेका थिए ।
‘चुनेर पठाएका नेताहरु फर्किएर नआउने चलन छ,’ मतदाताहरुको सामुहिक भनाइ थियो, ‘तपाईहरुले त्यसो नगर्नु होला, जितेर गए पनि आप्mनो गाउँठाउँलाई सम्झने र स्थानीयबासीसँग घुलमेल हुने काम गर्नुहोला ।’ उनीहरुले सडक र पुलपुलेसा निर्माणको माग समेत गरेका थिए ।
प्रदेश ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले आप्mनो निर्वाचन क्षेत्रको विकासका लागि कुनै पनि कसुर बाँकी नराख्ने वताए । ‘अधिकांशको माग सडक र पुलपुलेसा तथा सिंचाइँ सुविधा पाऊ भन्ने नै छ उनले भने, ‘आवश्यकताका आधारमा स्थानीयबासीको मागलाई सम्वोधन गर्न जरुरी छ, मलाई निर्वाचित गरे पुरा गर्ने बचनबद्धता गरेको छु ।’
घरदैलोमा उत्साहपूर्ण सहभागीता रहेको निर्वाचन परिचालन समितिका संयोजक सिजालीले वताए । प्रजातन्त्र र लोकतन्त्र रहेमात्र मुलुकले विकास र सम्बृद्धि हासिल गर्ने भन्दै त्यसका लागि लोकतान्त्रिक शक्तिलाई जिताउन अपरिहार्य रहेकोमा मतदाताहरु विश्वस्त बन्दै गएको संयोजक सिजालीले वताए ।