नयाँ प्रविधि ल्याँउदै बाँकेका बिद्यार्थी


बाँके । नेपालगन्जका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रकारका विद्युतिय सामाग्रीहरु बनाएर प्रदर्शन गर्नै तयारी गरेका छन् । मंसीर ७ र ८ गते आफनो विद्युतीय उत्पादनको प्रर्दशनी आयोजन गर्ने योजना बनाएको विद्यार्थीहरुले पत्रकार सम्मेलन गरी उनीहरुले बनाएका सामाग्रीवारे जानकारी गराएका थिए । आफ्नो छोरा छोरी विद्यालयमा पुग्यो कि पुगेन, विद्यालयमा उपस्थित छन कि छैनन, सुतेरै बत्ति बन्द र खोल्न सकिने जस्ता विभिन्न प्रकारका विद्युतिय उपकरणहरु बनाएको विमल कुमार यादवले बताए ।
आरजी डिजिटल नेपाल र काइचो ग्रुप नामक नामाकरण गरी उनीहरुले आफ्नै कोठामा विभिन्न प्रकारका उपकरण बनाउदै आएका छन् । बाँके, बर्दिया, कैलाली र जाजरकोटका करिव ५० जना युवाहरुले पढाई संगसंगै विभिन्न किसिमका विद्युतिय सामाग्री निर्माण गरी देशलाई वेरोजगार मुक्त बनाउन अभियानमा लागेको उनिहरुको भनाई छ । टेक्निकल विषय लिएर पढेका विद्यार्थीहरु विद्युतमा नाम निकालेर मात्रा काम पाउने प्रबृतिलाई चिर्न हामीहरु यस्तो अभियानमा लागेको यादवको भनाई छ । मंसिर ७ र ८ गते नेपालगन्जमा भव्यताका साथ आफ्नो कला प्रस्तुत गर्ने उनीहरुको भनाई छ । देशको विकासका लागि युवा अपरिहार्य रहेको भन्दै युवाले नै गरे देश बन्ने भनाई रहेको यादवको भनाई छ । राज्यले केही गरे हामी जुझारु तरिकाले लाग्ने यादवको भनाई छ ।
विज्ञान प्रदर्शनीमा ड्राइभरले निदाएको छ भने पनि यात्रुले थाहा पाउने सिस्टम तथा गाडी अनियन्त्रीत गएको जस्ता प्रविधी पत्ता लगाउने विज्ञान प्रदर्शन गरिने उनले बताए । वैज्ञानिक युगमा पनि वेरोजगार वसेका युवालाई रोजगार बनाएर देखाउनका लागि विद्यार्थी जिवनमै रोजगार बनाउने उद्देश्यका साथ यस्तो प्रविधि भित्राई रहेको अर्का विद्यार्थी अमिन विष्टको भनाई छ । युवाहरुको समूहले पक्षघात (प्यालाईसिस) भएका व्यक्तिले सजिलैसंग बिद्युतीय उपकरण प्रयोग गर्न सक्ने यन्त्र निर्माण गरेका छन् । उक्त समूहले पक्षघातका बिरामीले बिस्तरा वा ह्वीलचियरमै बसेर बिद्युतीय सामाग्री खोल्न र बन्द गर्न मिल्ने प्रबिधि निर्माण गरेका हुन् ।
पक्षघातका बिरामीले सजिलैसंग पंखा, बत्ती (चिम), फ्रिज, बेल जस्ता बस्तुहरु चलाउन सजिलो बनाउने उद्देश्यले एक हप्ता लगाएर युवाहरुले उक्त प्रबिधिको निर्माण गरेको बताएका छन् । यो प्रबिधिले बृद्धबृद्धाहरुलाई समेत ठुलो सहयोग पुग्ने निर्माणकर्ता युवाहरुको दावी छ । पछिल्लो समय प्रबिधिक बिषयमा अध्धयन गर्दै आएका युवाको क्षमता प्रस्तुत गर्न र बिभिन्न अन्र्तवार्तामा सफल नभएर फेल हुने व्यक्तिले पनि केही नयाँ गर्ने सोच हुने भन्ने कुरालाई प्रष्ट पार्न यस्तो सामाग्रीको निर्माण गरेको समूहका नेतृत्वकर्ता यादवले बताए ।