दर्ता नगरी आँखा उपचार केन्द्र सञ्चालनमा

यज्ञराज उपाध्याय/बर्दिया । बर्दिया जिल्लाको गुलरीया नगरपालीका वडा नम्वर–६ मा सञ्चालनमा रहेको शिबगंगा आँखा उपचार केन्द्र जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियामा दर्ता र स्वीकृती बीनानै सञ्चालनमा रहेको पाइएको छ । शिवगंगा आँखा उपचार केन्द्रमा आँखाका साथै कानको पनि उपचार गर्ने गरिएको र अस्पतलामा सामन्य स्वास्थ्यकर्मी अहेब र ओए गरेका ब्यक्तिले आँखा जस्तो अति सम्वेदनशील शारीरिक अंगको उपचारको गर्ने गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले कानुन बिपरित सञ्चालनमा रहेको उक्त अस्पताललाई कानुनी दायरामा ल्याउन कुनै कदम नउठाएकोमा सरोकारवालाहरुले बिभिन्न शंका उब्जिएको जनाएका छन् । बर्दियाको गुलरियामा सञ्चालनमा रहेको गैरकानूनी आँखा तथा कान उपचार केन्द्र स्थानीय शिव र गंगाले कानुनी प्रक्रिया पुर्याएर आँखा अस्पताल सञ्चानलका लागि घरजग्गा दानमा दिएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले गुलरियामा आँखा तथा कान उपचारको लागि शिवगंगा केन्द्रले गैरकानुनी रुपमा सञ्चालन भएको बिषयमा छानविन गरी दोषी देखिएमा कारवाही गर्ने बताएको छ ।
हालसम्म कहिँकतै उजुरी नपरेको र गुलरियामा आँखा उपचारको लागि टेवा पुर्याएको उक्त केन्द्रलाई मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने र बिमारीको कुनै दुर्घटना भए यसले सञ्चालकहरुलाई गम्भीर समस्या पर्ने भएकाले स्वीकृत लिएर सञ्चालन गनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । त्यसैगरी उक्त केन्द्रले नेपालगन्जबाट औषधी बिधी नपुर्याएर खरिद गरि अनियमितता गरेको स्रोतले बताएको छ ।
उक्त आँखा उपचार केन्द्रका सञ्चालक रहेका ब्यक्तिहरु बीच छलफल गरि खुला टेण्डर गरि खरिद गर्ने सहमती बमोजिम टेण्डर खोलेकोमा सबैभन्दा कम दररेट हालेर औषधी सप्लाई गर्ने टेण्डर स्वीकृत गर्नुपर्नेमा शिवगंगा आँखा उपचार केन्द्रका समेत प्रमुख हरि केसीले उक्त टेण्डर स्वीकृत भई बोलकबोलबाट औषधी आएमा आफ्नो कमिशन नआउने भएकाले परेको टेण्डर स्वीकृत नगरी रद्ध गरेर पुरानै ठाउँबाट पुरानै प्रक्रियाबाट औषधी ल्याउने गरेको उक्त केन्द निकट स्रोतले जानकारी गराएको छ ।