खेतवारीमा शंखेकिराको उपद्रो

  • संकलन गरेर किलोको पाँच रुपैयाँमा बेच्दै कृषक



सुर्खेत, ३० भदौं । उत्पादन हुँदै गरेको बाली नोक्सान गर्न थालेपछि सुर्खेतमा शंखेकिरा संकलन अभियान थालिएको छ । खेतमा लगाइएको धान, मकै र तरकारी बालीमा नोक्सान पु¥याउन थालेपछि शंखेकिरा नियन्त्रण अभियान थालिएको हो । अभियान अन्तर्गत किसानहरु खेतबारीमा रहेका किरा संकलनमा जुटेका हुन् । जिल्लाको भेरीगंगा नगरपालिकामा किसानहरु शंखेकिराका कारण हैरान भएका छन् । किसानको पाक्दै गरेको बाली जोगाउन स्थानीय सहकारी संस्थाले शंखेकिरा खरिद सुरु गरेको हो । छिन्चुमा रहेको सानाकिसान सहकारी संस्थाले किसानबाट पाँच रुपैयाँ किलोमा शंखेकिरा खरिद गरेको हो । सहकारीले खरिद गर्न थालेपछि स्थानीय किसानहरु खेतबारीमा रहेका शंखेकिरा संकलनमा जुटेका हुन् ।
किसानले बिक्रिका लागि किरा संकलन गर्नं थालेपछि बालीमा लाग्ने शंखेकिरा नियन्त्रणमा पनि टेवा पुगेको छ । नगरपालिकाका विभिन्न वडाहरूमा लगाइएको बालीमा शंखेकिराले क्षति पु¥याएको हो । शंखेकिराले बालीमा क्षति पु¥याएपछि कृषकहरूले हैरानी खेप्नुपरेको छ । यहाँ हरेक वर्षातको समयमा शंखेकिराले बालीमा क्षति पु¥याउने गरेको छ । बालीमा नोक्सान गर्न थालेपछि नियन्त्रणका लागि सहरकाीले यस्तो पहल सुरु गरेको हो । भेरीगंगा नगरपालिकाको सहयोगमा सानाकिसान सहकारी संस्थाले शंखेकिरा नियन्त्रण अभियान चलाएको छ । अभियान अन्तर्गत संस्थाले किसानहरूलाई शंखेकिरा संकलन गर्न लगाई खरिद गरेको हो । किसानबाट खरिद गरिएको किरा सहकारीले नस्ट गर्ने गरेको छ । यो अभियानमा ५२६ किसानले सहभागिता जनाएका छन् । किसानको बालीमा लागेका किरा संस्थाले खरिद गरेको छ ।
अर्कोतर्फ किसानले आफ्नो बारीमा भेटिएका शंखेकिरा संस्थाले सञ्चालन गरेको किरा संकलन केन्द्रमा ल्याएर बिक्री गरेका छन् । किसानलाई किरा संकलन गर्न सजिलो र सबै किरा उठाउन सकुन भनेर सहकारीले किलोको ५ रूपैयाँ दिने गरेको छ । ५ रुपैयाँ किलोमा बिक्री हुने भएपछि किसानहरुले बालबालिका परिचालन गरेका छन् । यस्तै किसानहरुले खेतमा खोजीखोजी किरा संकलन गरेको सहकारीले जनाएको छ । पैसाको लोभ र बाली जोगाउन किसानहरु सक्रिय भएपछि शंखेकिरा नियन्त्रणमा सजिलो भएको हो । स्थानीय किसान लक्ष्मी विकले शंखेकिराले बाली नोक्सान गरेको पीडा पोखिन् । सहकारीले खरिद गर्न थालेपछि आफ्नो बारीको किरा पनि अरुले नै संकलन गरेकाले बाली जोगिने उनको विश्वास छ । संस्थाले किरा खरिद गरेर सम्बन्धित ठाउँमा खाल्डो खनी नष्ट गर्ने गरेको छ । किरा मार्न कुनै पनि बिषादी नभएका कारण किरा नियन्त्रण गर्न कठिन भएको थियो ।
हालसम्म २९ क्वीन्टल सात किलोभन्दा बढी किरा खरिद गरेर खाडलमा पुरिएको सानाकिसान सहकारी संस्थाका अध्यक्ष ज्ञानु भुसालले जानकारी दिए । अभियान नगर पालिकाको शंखेकिरा प्रभावित वडाहरूमा सञ्चालन गरिएको थियो । भेरीगंगा नगरपालिकाले कृषिको विकासलाई प्राथमिकतामा राखेकाले शंखेकिरा नियन्त्रण अभियानमा सहयोग गरिएको नगरपालिकाका उपप्रमुख रेणु आचार्यले बताइन् । उनले किसानका हरेक समस्या समाधान गर्नका लागि नगरपालिकाले आवश्यक अभियान सञ्चालन गर्दै जाने उल्लेख गरिन् । नगरमा किरा नियन्त्रणलाई दिगो समाधानको उपाय खोजी भइरहेको उनको भनाइ छ । वर्षेनी शंखे किराले बालीमा नोक्सान पु¥याउने भएकाले किसानलाई समस्या हुने गरेको छ । यसका लागि नगरपालिकाले अब विषेश योजना किसानको पक्षमा ल्याउने उनको प्रतिबद्धता रहेको छ । वर्षाको समयमा बढी मात्रामा देखिने यो किरा भेरीगंगाका किसानहरूको लागि टाउको दुखाइको विषय बनेको छ । हरेक वर्ष शंखेकिरा नियन्त्रण अभियान सञ्चालन गरे पनि पूर्णरूपमा नियन्त्रण हुन भने सकेको छैन । यहाँका किसान वर्षेनी यो समस्याबाट पीडित भइरहेका छन् ।