अमेरिकी सांसदले पोर्न भिडियो ‘लाइक’ गरेपछि…

बीबीसी, २९ भदौं । अमेरिकामा रिपब्लिक पार्टीका एक सांसदले आजकाल सोसल मिडियामा मानिसहरुको कटाक्ष बचनको सामना गर्नुपरेको छ । वास्तवमा रिपब्लिकन सांसद टेड क्रुजको ट्वीटर अकाउन्टबाट एक पोर्नोग्राफिक भिडियो लाइक गरियो जसपछि उनी चर्चामा आए । टेड क्रुज त्यही सांसद हुन् जसले केही समय अघि ‘मास्टरबेशन’ अर्थात् हस्तमैथुनमाथि प्रतिबन्ध लगाउनका लागि समर्थन गरेका थिए । मानिसहरुले अब सोसल मिडियामा उनको आलोचना त गरिरहेकै छन् साथै उनको खिल्ली पनि उडाइरहेका छन् । सोमबार उनको अकाउन्टबाट @SexullaPosts को दुई मिनेटको एक भिडियो लाइक गरियो । यद्यपी, यो स्पष्ट छैन कि त्यतिबेला उनको ट्वीटर अकाउन्ट कसले ह्यान्डल गरिरहेको थियो । सुरुमा त क्रुजले उक्त घटनामा कुनै बयान दिएनन् ।
यद्यपी, उनका स्टाफले उक्त ‘आपत्तिजनक ट्वीट’ लाई उनको अकाउन्टबाट हटाइएको बताएका छन् । पछि उनले संवाददातासामू उक्त घटना कर्मचारीसँग सम्बन्धित भएको र यसको पछाडि कुनै गलत उद्देश्य नभएको बताए । भिडियोलाई ४० मिनेटपछि ‘अनलाइक’ गरियो तर त्यतिबेलासम्म निकै अबेर भइसकेको थियो । अर्को बिहानसम्म टेड क्रुज सोसल मिडियामा ट्रेन्ड गरिरहेका थिए । उनीमाथि चुट्किला र मिम्स बनाइएको थियो । टेड क्रुज आफ्ना रुढिवादी विचारका लागि चिनिन्छन् त्यसकारण स्थिती थप रोचक र हाँस्यास्पद भएको थियो । बिलीले ट्वीट गरे, ‘यो एउटा मात्र यस्तो चिज हो जसमा मा टेड क्रुजलाई बुझ्न सक्छु ।’ एक अन्य ट्वीटर प्रयोगकर्ताले लेखे, ‘अन्त्यमा टेड क्रुजले हामीलाई एउटा देशको रुपमा एकजुट गरेका छन् ।’ टेड क्रुज सन् २०१६ मा राष्ट्रपतिको दौडमा पनि समावेश थिए ।